व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ विराटनगर लाइनका थप घरहरू आइतबार भत्काइएको हो।...
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रूपमा विस्तार गर्न इटहरीको चौरास्त चोकदेखि दक्षिणतर्फ विराटनगर लाइनका थप घरहरू आइतबार भत्काइएको हो।...
६ लेन सडक विस्तार टुंगो नलागे पनि भानु चोकसँगै जोडिएको पुतलीलाइन सडक भने ५० फिट मापदण्ड बमोजिम विस्तार गर्न सम्बन्धित वडा कार्यालयहरूले पहलकदमी लिएका छन्।...
व्यापारिक मार्गकोरुपमा रहेको कोशी राजमार्ग अन्तर्गत ६ लेन सडक धरानको मुख्य बजार क्षेत्रमा विस्तार गर्न दबाबमा परेका मेयर हर्क साम्पाङले प्रमुख राजनीतिक दलहरूसँग छलफल गरेका छन्।...
उप-महानगरका प्रमुख हेमकर्ण पौडेलका अनुसार ६ लेन सडक विस्तार गर्न सडक विस्तार आयोजनाले पटक–पटक ताकेता गर्दा पनि घर भत्काउन अटेर गरेपछि स्थानीय सरकारकै अगुवाइमा भत्काइएको हो।...
कोशी राजमार्ग अन्र्तगतको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत धरानको बजार क्षेत्रमा ६ लेन सडक विस्तार गर्न ढिलाई भएपछि राजनीतिक दलहरुले छलफल अघि बढाएका छन्।...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ । महानगरले भत्काएका संरचना हटाइदिएपछि सडक विभागले ६ लेन सडक निर्माणको काम सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले सोमबार साँझ सडकको बीचमा भएको कच्ची घर र टहरा भत्काएको थियो । सडक विभागका प्रमुख अर्जुनजंङ थापाले […]
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार भइरहेको सडक अन्तर्गत यतिबेला इटहरीको तरहरादेखि धरानसम्म सडक विस्तार भइरहेको छ। तर, सडक विस्तार सुस्त गतिमा छ। जसले गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।...
धरान (अस) । लामो समयदेखि विवादित बनेको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तार आयोजना अन्तर्गत दुहबी खण्डमा क्षेत्राधिकारभित्रका संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना, सुनसरीले पत्राचार गरेको छ । मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिँदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेका मापदण्डविपरीतका संरचना खाली गर्न/गराउन आग्रह गरेको हो । सडकको मध्य भागबाट १५–१५ मिटर क्षेत्रका घरटहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडि बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अघि बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधका कारण दुहबीमा मात्रै सडक विस्तार हुन सकेको छैन । सडक विस्तार गर्दा दुहबीका २३३ घर भत्किनेछन् ।
दुहबीबाहेक रानी विराटनगर हुँदै इटहरीदेखि धरानसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । सर्वोच्च र उच्च अदालतको आदेशले सुनसरीको दुहबी खण्डको सडक निर्माण प्रभावित बनेको हो । दुहबी क्षेत्रमा ३ किलोमिटर सडक निर्माणको अहिलेसम्म ठेक्का समेत लाग्न सकेको छैन । पुस २६ गते आयोजनाले नगरपालिकालाई गरेको पत्राचारमा सडक मर्मत नहुँदा यात्रु लगायत स्थानीयले समेत सास्ती भोग्नुपरेको उल्लेख छ । बूढीखोलादेखि दुहबी बजारसम्म निर्माण स्थल खाली नहुँदा सडक विस्तार हुन नसकेको आयोजना कार्यालयले बताएको छ ।
विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd