रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त

विराटनगर । विराटनगरको रानी–इटहरी–धरान ६ लेन सडक विस्तारको काम सुस्त भएको छ । विभिन्न कारणले सडक विस्तारको काम सुस्त भएको जनगुनासो आइरहेपछि प्रदेशका मन्त्रीसहितको टोलीले अनुगमन गरेको छ ।प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले शुक्रबार सडक विस्तार कार्यको अनुगमन गरी भइरहेको प्रगतिबारे जानकारी लिएको छ । मन्त्री कार्कीले अनुगमनका क्रममा सडक विस्तारको काम अति सुस्त रुपमा अघि बढेको भन्दै गति प्रदान गर्न रानी&nd

सम्बन्धित सामग्री

निर्माणको काम सुस्त भएपछि मेयरले रोके ठेकेदारको गाडी

८ वैशाख, विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै उनले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको ६ लेन सडक परियोजनाको इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । विराटनगर–धरान सडक खण्ड अन्तर्गत […]

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लिँदै

चितवन । मुलुकमा सञ्चालन भइरहेका विकास निर्माणका काम सुस्त भइरहेको अवस्थामा चितवनको पुलचोक–गोन्द्राङ ६ लेन सडकको कामले गति लिएको छ । भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रूपमा रहेको सो सडकको काम करीब ४० प्रतिशत सकिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालका अनुसार विभिन्न कारणले सडक विस्तारमा समस्या आएको भए पनि पछिल्लो समय उल्लेख्य प्रगति देखिएको छ । उनले भने, ‘कोभिड–१९, मनसुनमा अत्यधिक वर्षा, ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री अभावका कारण विगतमा काम प्रभावित भएको थियो ।’ चालू आर्थिक वर्षभित्र सडक निर्माण ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको उनले बताए । २०७७ कात्तिक ११ गतेदेखि सडक विस्तार कार्य शुरू भएको थियो । २०७९ फागुन ११ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग ठेक्का सम्झौता गरिएको छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटना समेत बढ्न थालेकाले शहरी सौन्दर्यीकरणलाई समेत ध्यानमा राख्दै विस्तारको काम थालिएको हो । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ दशमलव शून्य ८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गरिँदै छ । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकअन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डको पनि विस्तार गर्न लागिएको हो । २८ महीनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत रू. १ अर्ब १२ करोड छ । सडक विस्तार शुरू भएपछि हालसम्म रू. २६ करोडभन्दा बढी खर्च भइसकेको सूचना अधिकारी खनालले जानकारी दिए । ‘अहिले सडक विस्ताका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री डम्पिङ गरिएको छ,’ उनले भने । टिकौली जंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ । दुई लेन भएको स्थानमा थप चार लेन र चार लेन भएको स्थानमा थप दुई लेन थपिने खनालले जानकारी दिए । विद्युत्का खम्बा र खानेपानीको पाइप सार्न समस्या भएकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको इन्जिनियर खनालको भनाइ छ । ठेक्कामा नै खम्बा सार्न लाग्ने खर्चसमेत समावेश गरिएको छ । ठेकेदार पक्षले तोकिएको समयअघि नै काम सक्ने बताएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीका तार भूमिगत गर्ने योजना छ । सडकको दाँया–बाँया ११ दशमलव ५ मिटरको कालोपत्र हुनेछ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५ दशमलव ५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ हुने खनालले बताए । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक छ । उनका अनुसार पुलचोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकाले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूल रोपिनेछ । रासस

पटके ठेक्कापट्टाले रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम सुस्त

सुमन तिमल्सिना/उज्यालो । मोरङ, माघ २९ – रानीदेखि विराटनगर हुँदै इटहरी–धरानको लामो सडक योजनाको काम सुरु भएको वि. स. २०७० सालदेखि नै हो । य...

बिराटनगरकाे रानीदेखि धरानसम्मकाे ६ लेन सडक निमार्ण कार्य सुस्त गतिमा

२९ मंसिर, बिराटनगर । महत्वकांक्षी योजनाको रुपमा काम अगाडि बढाइएको बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान जोड्ने व्यापारिक लोकमार्ग विस्तार परियोजनाको काम सुस्त गतिमा अगाडी बढ्दा समयमै काम सम्पन्न नहुने भएको छ । विभिन्न कारण देखाउँदै ठेक्केदार कम्पनीले काममा ढिलाई गर्दा परियोजनाको कामले गति लिन नसकेको हो । बिराटनगरको रानी भन्सारदेखि सुनसरीको धरान …