प्रदेश १ को सांसदमा नियुक्त भएकी हिमादेवी बस्नेतले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज सभामुख प्रदीपकुमार भण्डारीले बस्नेतलाई शपथ खुवाएका हुन् । प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा बस्नेत प्रदेश–१ सांसदमा नियुक्ती भएकी हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा बस्नेतलाई प्रदेश सांसदमा नियुक्त गरिएको हो । एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको सो स्थानमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको थियो