कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । उनी सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर अध्यक्षता ग्रहण गर्ने छन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका