९ माघ, सुर्खेत । प्रदेश अधिवेशन सकिएको चार महिनापछि पद्मा खड्काले नेकपा एमाले कर्णाली प्रदेश कमिटी उपसचिव पदको शपथ लिएकी छन् । सोमबार बेलुकी प्रदेश अध्यक्ष गुलाबजंग शाहले खड्कालाई उपसचिव पदको शपथ गराएका हुन् । गत १०–१५ असोजमा सम्पन्न प्रदेश अधिवेशनमा उपसचिव पदमा रवीन्द्रराज शर्मा र रमेश शाही पछि खड्काले धेरै मत ल्याएकी थिइन् । […]
कालीकोट – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते साेमवारका लागि आह्वान भएको छ ।
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै पुस १८ गते सोमवार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएकाे हाे । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्नुहुने छ ।
गएकाे साेमवार कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका ...
कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूद्वारा पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउँसो प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४...
११ पुस, सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश सभाको ज्येष्ठ सदस्यका हैसियतले दैलेखबाट निर्वाचि सांसद विनोदकुमार शाहले शपथ खुवाउने छन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने […]
सुर्खेत : कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने छन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई प्रदेश प्रमुखले शपथ गराउने र त्यसपछि शाहले प्रदेशसभाका अन्य सदस्यलाई शपथ खुवाउने बताए।
सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई सांसदले आज मन्त्रीको शपथ लिँदै छन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदमा शपथ लिने भएका हुन् । शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री बनिसकेका हुनेछन् । माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला […]
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्य न्यायाधिवक्तामा नियुक्त […]
कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका द
कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाही, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नन्दसिंह बुढालाई शपथ गराएका हुन् ।शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेको माधव नेपाल समूहका तीन जना सांसदलाई शनिबार मन्त्रीमा नियुक्त गरिएको थियो । यस्तै प्रकाश ज्वालाले पनि शा
कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ तय भएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनीहरुको शपथ आइतबार बिहान हुने भएको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषितथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।
उनीहरुले मुख्यमन्त्री शाहीको पक्षमा शुक्रबार विश्वासको मत दिएका थिए । तीनै जनालाई एमाले कर्णाली प्रदेशले भने पार्टीबाट निष्काशन गरिसकेको छ ।
...