कर्णाली प्रदेशका ज्येष्ठ सदस्य शाहीद्वारा शपथ ग्रहण

काठमाडौँ,११ पुष । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएको हो । शाह प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् । उनि दैलेख क्षेत्र नं २ को (२) बाट निर्वाचित हुनुभएको हो । शाहले शपथ लिइसकेपछि अरु सदस्यलाई शपथ गराउने कार्यक्रम आज नै रहेको […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गर्नुभएको हो ।

कर्णाली प्रदेश सभा सदस्यको शपथ आज

११ पुस, सुर्खेत । कर्णाली प्रदेशसभा सदस्यको शपथ ग्रहण आज हुने भएको छ । प्रदेश सभाको ज्येष्ठ सदस्यका हैसियतले दैलेखबाट निर्वाचि सांसद विनोदकुमार शाहले शपथ खुवाउने छन् । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख तिलक परियारले ज्येष्ठ सदस्य विनोद कुमार शाहलाई सोमबार बिहान साढे ११ बजे शपथ ग्रहण गराउने […]

कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत- कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् । सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र ऊर्जामन्त्री […]

कर्णालीका दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीले शपथ ग्रहण गरेका हुन् । सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरिएकोमा सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् । योजनामन्त्री शाह र […]

कर्णालीका दुुई मन्त्रीले लिए शपथ

सिमकोट – कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई जना मन्त्रीले शपथ ग्रहण गरेका छन्। सोमबार आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरिएको थियो। सोमबार नै प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई शपथ ग्रहण गराएका हुन्। योजनामन्त्री शाह र ऊर्जामन्त्री कामीले शपथ लिएसँगै कार्यभार […]

अदालतको आदेशलाई चुनौती दिएर मन्त्रीको शपथ

सुर्खेत - मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशीतालाई कार्यान्वयन गर्न उच्च अदालत सुर्खेतले दिएको आदेशलाई अवज्ञा गर्दै कर्णाली प्रदेश सरकारले मन्त्रीलाई शपथ ग्रहण गराएको छ ।  मन्त्रिपरिषद् समावेशी नभएको, महिला सहभागिता शून्य भएको भन्दै सबैतिरबाट आलोचना भइरहेका बेलामा नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। आज प्रदेश प्रमुख तिलक परियारले मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । बिहीवार नेकपा माओवादी केन्द्रबाट डोल्पामा शाही मन्...

प्रदेश प्रमुखहरूले राष्ट्रपतिसामु लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । तेह्रथुमका परशुराम खापुङ्गले १ नम्बर प्रदेश, बाँकेका तिलक परियारले कर्णाली प्रदेश र बाजुराका देवराज जोशीले सुदूरपश्चिम प्रदेश प्रमुखको शपथ लिएका छन् ।

कर्णाली प्रदेश : शाहीले लिए शपथ, मन्त्रिपरिषद् विस्तार भोलि

कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका जीवनबहादुर शाहीले  मंगलवार राति पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नेछन् । नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बनेका हुन् ।आज शपथ ग्रहण गरेका शाहीले बुधबार मात्र मन्त्रीमण्डल गठन गर्ने बताइएको छ । मन्त्रालयको भागबण्डामा गठबन्धनका द

कर्णालीका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत (अस) । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार कांग्रेसबाट दुईजना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठले आइतवार पद तथा गोपीनयताको शपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एक समारोहका बीच सामाजिक विकास मन्त्रीमा बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिएपछि कांग्रेसका तर्फबाट दुईजना मन्त्री नियुक्त गरिएको हो । २०७४ सालको निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गरेको छ । कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीनजना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका तीनजनासँगै कांग्रेसबाट दुईजना छन् । हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ता साझेदार भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुने करिब निश्चित भएको छ ।

कर्णालीमा आज दिउँसो ३ जना नयाँ मन्त्रीको शपथ ग्रहण

कर्णाली प्रदेश सरकारमा थपिएका नयाँ ३ जना मन्त्रीलाई आज बुधवार दिउँसो १ बजे शपथ गराइँदैछ । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजे तय भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयलाई उदृत गर्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । स्रोतका अनुसार नेकपा एमालेले सांसद पदबाट कारवाही गरेसँगै मन्त्रीबाट पदमुक्त भएका ३ जनालाई शपथ गराउने कार्यक्रम रहेको छ । पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका सांसदलाई एमालेले का...