कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पारदर्शिता नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवा मुलक संस्थाका सञ्चालक नाफा मुखी भएका बताए । “गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइँदैन, सूचना लकाइन्छ”, नगरप्रमुख पोखरेलले भने ।गरिबको भत्किएका घरको नाउँमा र च्यातिएका लुगाको नाउँमा कर