काभ्रे : बागमती प्रदेशकी पूर्वप्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले देशभित्रै लैङ्गिक हिंसाको स्थिति डरलाग्दो अवस्थामा रहेको बताएकी छिन्।शुक्रबार धुलिखेलस्थित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला समन्वय समिति काभ्रे र गैरसरकारी महासंघ नेपालको संयुक्त कार्यक्रममा कोइरालाले उक्त कुरा बताएकी हुन्।कोइरालाले देशमा लैङ्गिक हिंसाको अवस्था भयावह भए पनि यसबारे राजनीतिक दलका नेताहरू बोल्नै नचाहेको आरोप लगाइन्। उनले भनिन्, 'लैङ्गिक हिंसाको स्थिति देशमा डरलाग्दो छ तर नेताहर