काठमाडौं : संविधानले आफूलाई दिएको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै बागमती प्रदेश सरकारले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने भएको छ। गत भदौ २७ गते मन्त्रिपरिषद् बैठकबाट यसबारे औपचारिक निर्णय नै गरेको बागमती प्रदेश सरकारले केही दिनभित्र संघीय सरकारविरुद्ध मुद्दा हाल्ने तयारी गरेको हो। बागमती प्रदेश सरकारले अघिल्लो कार्यकालमा पनि संघीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिँदै आएको थियो। राजेन्द्र पाण्डे प्रदेश सरकारको मुख्यमन्त्री हुँदा संघले प्रदेशलाई प्रहरी समायोजनको अधिकार नदिएको भन्दै