बागमती प्रदेश सभा सदस्य एवम् नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने बजेटले निर्धारण गर्ने बताएका छन् । सांसद् पाण्डेले रातोपाटीसँग कुराकानी गर्दै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकारको भविष्य मंगलबार संसद्मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटले निर्धारण गर्ने बताएका हुन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जनताले अपेक्षा गरेका विषयले प्राथ