हेटौंडा : पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार ढल्ने पक्का भएपछि बागमती प्रदेशमा मुख्यमन्त्री बन्न नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दौडधूप तिब्र पारेका छन्। पाण्डेले सार्वजनिक रुपमै आफूलाई मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन्। बानियाँ भने बाहिर बोल्दा गठबन्धनमा असर पर्न सक्ने भएकाले भित्रभित्रै मुख्यमन्त्री बन्ने लबिङमा छन्।स्रोतका अनुसार बानियाँले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर दे