मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले ‘मार्ग प्रशस्त’ गर्ने बताएकी थिइन् ।
उनले संविधानको धारा १६९ को उपधारा १ (क) मा भएको व्यवस्थाअनुसार आफूले ‘मार्ग प्रशस्त’ गर्ने उनले प्रदेश सभा बैठकलाई जानकारी दिइन् ।
भदौ २ मा मुख्यमन्त्री बनेकी शाक्यको बागमती प्रदेश सरकारको नेतृत्वमा ७१ दिनको कार्यकाल रह्यो ।
शाक्य पहिलो महिला मुख्यमन्त्री बन्ने बाहेक बागमती प्रदेशमा ...