अर्घाखाँची – अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । बडादशैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा कोजाग्रत पूर्णिमाको दिनसम्म देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा शप्तसती पाठ भइरहेको पण्डित केशवराज आचार्यको भनाइ छ। दशैँको नवरात्रमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म विशेष विधिबाट पूजा गरिने पण्डित आचार्यको भनाइ छ ।
कोजाग्रत पूर्णिमाको दिन सराये नाच हुने गर्छ। अर्घाको सराये नाच देशभर प्रसिद्ध छ। अहिले यस मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति...