रौतहटको वनमा खयरका रुख ढाल्दै तस्कर, वन कर्मचारी रमिते

रौतहट : रौतहटको वनमा पछिल्लो समय काठको व्यापक चोरी तस्करी बढ्दा पनि वन कर्मचारी भने आँखा चिम्लिएर बसेका छन्।जिल्लाको राष्ट्रिय वनमा बहुमूल्य मानिएका खयरका दर्जनौँ काँचा रुख काटिएको छ। चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा पर्ने फूलबारीमाथि रहेको महादेव डाँडामा बहुमूल्य जातका दर्जनौँ खयरका रुख काटिएको पाइएको छ।स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा तस्कर समूहले खयरका रुख काटिएको हो। डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जंगलमा बहुमूल्य खयरका