अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो । पुटिनले नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरू प्रयोग गर्ने धम्की दिएका थिए ।उनले ती क्षेत्रहरू “सदाका लागि“ रूसको हिस्सा हुने घोषणा गरे। नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले विलयलाई “युद्ध सुरु भए यताकै सबैभन्दा गम्भीर खतरा “ भनेका छन् । एक भाषणमा, रूसी