चीनले द्रुत गतिमा आणविक हतियार बढाइरहेको अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले बुधवार जनाएको छ ।
सन् २०३० सम्म उसले एक हजार आणविक हतियारको लक्ष्य हासिल गर्न सक्ने पेन्टागनको अनुमान छ । हालैको समयमा चीनले नाटकीय रूपमा आणविक हतियार बढाएको छ ।
अमेरिकासँग ३७ सय ५० वटा आणविक हतियार छन् तर उसले यसको संख्या बढाउने सोच राखेको छैन ।
अमेरिकी संसद् कंग्रेससमक्ष एक प्रतिवेदन बुझाउँदै पेन्टागनले अर्को दशकसम्ममा चीनले आणविक हतियारको आधुनिकीकरण तथा विस्तार गर्ने जनाएको छ । चीनले स्थल, समुद्र र वायु आधारित ...