अमेरिकाले चीनसँग आणविक अप्रसार सन्धि गर्नका लागि कुराकानीको तयारी गरेको छ ।
पेन्टागनको एक रिपोर्टअनुसार, चीनले सन् २०३० सम्म लगभग एक हजार आणविक हतियार भेला पार्नेछ । अझ चीनसँग थप राम्रो प्रविधि भएकाले अमेरिका आत्तिएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षीसँग भर्चुअल शिखरबैठक गरेपछि अमेरिकाले कूटनीतिक च्यानलमार्फत आणविक अप्रसारको सन्धिका लागि गम्भीरतापूर्वक प्रयास शुरू गरेको हो ।
यसमा चीनको सकारात्मक सन्देशको प्रतीक्षा गरिरहेको बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले बताएका छन् । ...