गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।