नेपाल टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को स्थानमा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ । राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । जनगणनालाई सफल पार्नका लागि सबै व्यक्तिलाई सन्देश पुर्याउन यो प्रक