राष्ट्रिय जनगणना सफल पार्न ओलीको सन्देश

 पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न सबैमा आग्रह गरेका छन् । बिहीबार कै मिति राखेर बुधबार सार्वजनिक गरिएको उनको सन्देशमा राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणना जस्तो महाअभियानको पूर्व सफलताको कामना गरिएको छ ।‘जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ, कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ, शिक्षा स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सूचना