जनगणना सफल पार्न आग्रह

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।

सम्बन्धित सामग्री

जनगणनामा सक्रियताका साथ सहभागी हुन ख्रीष्टियन महासंघको आह्वान

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले राष्ट्रिय जनगणना २०७८ मा सक्रियताका साथ सहभागी हुन आफ्नो समुदायका नागरिकलाई अपिल गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा कार्यक्रमको आयोजना गर्दै महासंघका अध्यक्ष सिबी गहतराजले नेपालका सम्पूर्ण ख्रीष्टियनहरुलाई यस जनगणनामा ख्रीष्टियन भनेर ५ नम्बरमा टिक लगाउन आग्रह अपिल गरेका छन् । उनले भने,‘यो जनगणनालाई सफल बनाउन ख्रीष्टियन समुदायलाई आग्रह गर्न चाहन्छु । हामी सबै मिलेर यसलाई सफल पार्छौ तर, आस्था र धर्ममा यहाँ ठुलो चलखेल हुँदैछ । सबै धार्मीक समुदायक

जनगणना सफल बनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना गरेका छन् ।

राष्ट्रिय जनगणना सफल पार्न ओलीको सन्देश

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि (बिहीबार) बाट सुरु हुने राष्ट्रिय जनगणना सफल पार्न सबैमा आग्रह गरेका छन् । बिहीबार कै मिति राखेर बुधबार सार्वजनिक गरिएको उनको सन्देशमा राष्ट्र विकासका लागि आवश्यक पर्ने महत्त्वपूर्ण तथ्यांक उपलब्ध गराउने जनगणना जस्तो महाअभियानको पूर्व सफलताको कामना गरिएको छ ।‘जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ, कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ, शिक्षा स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सूचना

जनगणना सफल पार्न आग्रह

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले राष्ट्रिय जनगणना–२०७८ सफल पार्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सबै गाउँपालिकालाई आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै महासङ्घले ४६० वटै गाउँपालिकालाई कात्तिक २५ देखि आगामी मङ्सिर ९ सम्म हुने मूल जनगणनाको महाअभियानमा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्न आग्रह गरेको हो ।

नेपाल टेलिकमले सुरु गर्यो जनगणनाको ‘रिङटोन’

नेपाल टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को स्थानमा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ ।  राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । जनगणनालाई सफल पार्नका लागि सबै व्यक्तिलाई सन्देश पुर्याउन यो प्रक

जनगणनाको कार्यक्रम सार्वजनिक

सहभागितामूलक तवरले राष्ट्रिय जनगणना विसं २०७८ सफल पार्न आज रसुवामा पहिलो सर्वपक्षीय छलफल सम्पन्न भएको छ । जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, उमेर, समूह समग्रमा कति छौँ भन्ने उद्देश्यका साथ आगामी २०७८ जेठ २५ गतेदेखि असार ७ गतेसम्म सञ्चालन हुने जनगणनाको समग्र कार्यतालिका आम नागरिकलाई सूचित गराउन स्थानीय तहका प्रतिनिधि, नागरिक समाज, सरोकारवाला निकाय, पत्रकारसमेतको सहभागितामा कार्यक्रम सार्वजनिक गरिएको हो ।          जनगणना सम्पन्न गर्न ७८ गणक एवम् २१ सुपरभाइजर परिचालन हुने जिल्ला जनगणना अधिकारी कपिल धितालले जानकारी दिनुभयो । दोहोरोपन हटाउन जुन स्थानमा बसोवास गरेको छ सोही स्थानमा बस्नेको मात्र गणना हुने भएकाले घरघरमा आउने गणकलाई सही रूपको पारिवारिक विवरण दिई राष्ट्रिय जनगणना सफल पार्न समुदायमाझ आग्रह गरिएको बताइन्छ ।