प्रदेश २ को सरकारले ‘अप्पन शासन, अप्पन प्रशासन’ भन्दै सबैभन्दा पहिला प्रदेश प्रहरी ऐनको कानुन निर्माण गरेको थियो । तर प्रदेश सरकार गठन भएको चार वर्ष बित्दा पनि प्रदेश प्रहरी कानुन कार्यान्वयनमा आउन सकेको छैन ।संघीय सरकारले ढिला गर्दा प्रदेश प्रहरी ऐन कार्यान्वयनमा अन्योल देखिएको हो । संविधानको धारा ५७ मा राज्यशक्तिको बाँडफाँटको व्यवस्था गरिएको छ । सोको उपधारा (२) ले प्रदेशको अधिकार अनुसूची–६ मा उल्लेखित विषयमा निहित रहने र त्यस्तो अधिकारको प्रयोग यो संविधान र प्रदेश कानुनबमोजिम