केही महिनादेखि प्रक्रियामा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर नहुने भएको छ । गत ३० वैशाखमा सम्झौता भएर अगाडि बढेको मर्जर प्रक्रिया दुवै बैंकका सञ्चालकहरूबीचको विवादका कारण खारेज भएको...
काठमाडौँ- हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया असफल भएपछि यी दुवै बैँकले तीन वर्षसम्म लाभांश वितरण गर्न नपाउने भएका छन्। मर्जर प्रक्रिया अन्तिम समयमा असफल भएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार दुवै बैंकमाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ३ वर्षसम्म लाभांश पनि दिन नपाउने राष्ट्र बैँकका एक अधिकारीले जानकारी दिए। […]
काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएसँगै एउटा ठूलो र शक्तिशाली बैँकको उदय अहिलेका लागि रोकिएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। साधारण सभामा उपस्थित सदस्यहरुमध्ये ६४ प्रतिशत मर्जरका पक्षमा रहे पनि ३६ प्रतिशतले यसको विपक्षमा राय दिएका थिए। मर्जरको विशेष प्रस्ताव स्वीकृत हुन ७५ […]
काठमाडौँ– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेस्टमेन्ट बैँकबीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको बार्षिक साधारणसभाले शुक्रबार इन्भेस्टमेन्टसँगको मर्जर प्रस्ताव अस्वीकृत गरेको हो। मर्जर विशेष प्रस्ताव स्वीकृत हुन ७५ प्रतिशत सेयर सदस्यहरुको मत प्राप्त हुनुपर्ने भएकामा प्राप्त नभएको हो। हिमालयन बैँक स्रोतका अनुसार अधिकांश सदस्यहरु मर्जरको विपक्षमा देखिएका थिए। हिमालयन र इन्भेस्टमेन्ट बैँकबीच ३० वैशाख […]
दुई वाणिज्य बैंक ‘हिमालयन बैंक लिमिटेड’ र ‘नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड’ को मर्जर प्रक्रिया त्यसै तुहिने संकेत गरेको छ । बैंक मर्जरका लागि भएको लामो प्रयाससँगै ड्यू डिलिजेन्स अडिट (डीडीए) समेत भइसकेको अवस्थामा डीडीएमै गडबडी गरेको आशंकामा मर्जर प्रक्रिया भाँडिने संकेत गरेकोे हो ।सोही सम्बन्धमा हिमालयन बैंकका ३७ प्रतिशत संस्थापक सेयरधनीले मर्जरको विरुद्धमा अब्जेक्सन जनाउँदै बैंकलाई पत्र पठाएका छन् । हिमालयन बैंकको संस्थागत लगानीकर्ता कर्मचारी सञ्चय कोष, छायाँ इन्टरनेशनल
भदौ १७, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा नजाने भएका छन् ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रक्रिया अघि बढाउन नसकिने निर्णय गरेको हो । यी दुई कम्पनी बीच २०७७ साल असोज ५ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।
समाज लघुवित्तले २०७८ साल जेठ ११ गते मर्जर प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको थियो । उक्त सभामा गणपूरक संख्या नपुगेपछि असार १० गते पुनः दोस्रो पटक विशेष साधारण सभा बोलाइएको थियो ।
दोस्रो पटकको विशेष साधारण सभामा २५ प्रतिशत प्रतिनिधित्वलाई गणपूरक मानिने व्यवस्था बमोजिम कुल शेयरको ५५ दशमलव ४९ प्रतिशतको उपस्थिति रहेको थियो ।
उक्त सभामा कुल उपस्थितिको ६६ दशमलव ६७ प्रतिशत तथा कुल शेयरपूँजीको ३७ प्रतिशत शेयरधनीहरुबाट केन्द्रीय कार्यालय बर्दिबास महोत्तरीमा नभई साविकको स्वस्तिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय लहानमा राख्ने भएकाले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगै मर्जर गर्न नसकिने राय बहुमतबाट प्राप्त भएको कम्पनीको भनाइ छ ।
तत्पश्चात पुनः मर्जर प्रक्रियालाई अगाडी बढाउनका लागि नेपाल राष्ट्र बैंकका पदाधिकारीको राय सल्लाहबमोजिम शेयरधनीहरुसँग आन्तरिक छलफल तथा परामर्शसमेत गरेको कम्पनीले अन्तत : सकारात्मक निष्कर्ष नआएकाले मर्जर प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो ।
यी दुई कम्पनी बीच १ बराबर १ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी मर्जरमा जाने सहमति भएको थियो ।