हिमालयन बैंकसँग मर्जर प्रक्रियामा अघि बढेको नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा रद्द भएको छ । मर्जर प्रक्रियाकै सन्दर्भमा बैंकले आगामी माघ ४ गतेका लागि बोलाएको विशेष साधारणसभा उता हिमालयन बैंकका सेयरधनीहरूले मर्जरको प्रस्ताव अस्वीकृत गरेसँगै रद्द हुन पुगेको हो । गत शुक्रबार बसेको हिमालयन बैंकको विशेष साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर अस्वीकृत गरेको थियो । मर्जर प्रस्ताव पारित गर्नका लागि गत पुस ३० गते बैंकले बोलाएको विशेष साधारणसभामा अध्यक्ष प्रचण्डमान श्रेष्ठसँगै प्रमुख सेयर