हिमालयन बैंकको साधारण सभामा शेयरधनीबीच चर्काचर्की, भाँडियो इन्भेष्टमेन्टसँगको मर्जर

हिमालय  बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच सम्झौता भएको १० महिनापछि मर्जर प्रक्रिया भाँडिएको छ  । मर्जर विपक्षमा रहेका करीब ३६ प्रतिशत शेयरधनीका कारण यी दुई बैंक एक नहुने भएका छन् ।  शुक्रवार भएको हिमालयन बैंकको २९ औं वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले शेयर आदानप्रदान अनुपात नमिलेको भन्दै मर्जरमा नजाने निर्णय सुनाएपछि औपचारिक रूपमै यी दुई बैंकबीच मर्जर भाँडिएको हो । हिमालन बैंकको वार्षिक साधारण सभाले मतदानबाट मर्जरमा नजाने टुंगो लगाएको हो । मर्जरमा जान ७५ प्रतिशत ...

सम्बन्धित सामग्री

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १८ माघदेखि

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १८ माघदेखि हुने भएको छ । दुई बैंकलाई नेपाल राष्ट्र बैंकले एकीकृत कारोबार गर्न स्वीकृति दिएसँगै कारोबारको मिति तय भएको हो । दुवै बैंकले वार्षिक साधारण सभा २७ पुसमा गर्ने जानकारी दिएका छन् । हिमालयनले सिभिललाई प्रतिसेयर ८१ रुपैयाँ दिनेगरी गत २९ असारमा मर्जर सम्झौता भएको थियो । […]

किन खुलेन नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार ?

फागुन ११, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी सम्झौता अस्वीकृति भएपनि दुबै बैंकको शेयर कारोबार भने रोक्का छ । दुबै बैंकले मर्जर प्रस्तावलाई स्वीकृति नदिने निर्णय गरिसकेपनि पनि शेयर कारोबार भने रोक्कानै रहेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो ।  यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो । सभाका लागि तय गरिएको विशेष प्रस्तावमा उल्लेखित मर्जर सम्बन्धमा उपस्थित शेयरधनीहरुमध्य ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत हुने व्यवस्था थियो । यसर्थ हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जर पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेका कारण उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।  हिमालयन बैंकले मर्जर प्रस्ताव सभाबाट अस्वीकृत गरेसँगै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मर्जर प्रस्ताव पारितका लागि माघ ४ गते बोलाएको विशेष साधारण सभा समेत रद्द गरेको थियो । मर्जर प्रयोजनका लागि २०७८ साल बैशाख ३१ गतेदेखि दुबै बैंकको शेयर कारोबार रोक्का रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबक्ता मुराहरी पराजुलीले दुबै बैंकले मर्जर प्रस्ताव अस्वीकृत गरेको समाचार आएपनि सम्बन्धित बैंकबाट लिखित जानकारी नआएकाले कारोबार रोक्कानै रहेको बताए ।  लगानीकर्ताले भने लामो समय आफ्नो सम्पत्ति बन्धक बनाएकोमा आक्रोस व्यक्त गरेका छन् । लगानीकर्ता डम्बरु बल्लब घिमिरेले लामो समयपछि मर्जर प्रस्ताव अस्वीकृत गर्नु बैंकहरुको गैरजिम्मेवारी पन भएको उल्लेख गरे । मर्जरको नाममा लामो समय शेयर बन्धक बनाउनु लगानीकर्ताहरुको हक बन्चित गर्नु भएको भन्दै उनले आगामी दिनमा यस्ता प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्दा सम्बन्धीत निकायले निश्चित समयभित्र प्रकृया पुरा गर्नुपर्ने व्यवस्था थप गर्न उनले सुझाब दिएका छन् । कारोबार रोक्काका सम्बन्धमा थप स्पष्ट व्यवस्था नभए नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको जस्तो आगामी दिनमा अन्य बैंकहरुको सम्पत्ति पनि लामो समयसम्म बन्धक बन्नेसक्ने सम्भावनालाई उनले औल्याएका छन् । उता, हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले मर्जर अस्वीकृति प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने तयारी भैरहेको जानकारी दिए । लगानीकर्ताहरुकै इच्छाअनुसार डिमर्जरमा जान लागेको जानकारी दिदैं उनले लामो समय सदस्यहरुको सम्पत्ति बन्धक बनाउने बैंकको उदेश्य नभएको प्रष्ट पारे । राष्ट्र बैंकले डिमर्जरको प्रस्तालाई स्वीकृत दिएपछि मात्र दोस्रो बजारमा हाल रोक्का रहेको दुबै बैंकको शेयर कारोबार फुकुवा प्रकृया अघि बढ्ने जानकारी समेत उनले दिए ।

नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द

माघ २,  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गतेका लागि बोलाएको विशेष साधारण सभा रद्द गरेको छ ।  कम्पनीको पुस ११ गतेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा विहान ११ बजे सभा बोलाएको थियो । हिमालयन बैंक लिमिटेडसँगको मर्जर प्रस्ताव पारित गर्नका लागि बोलाइएको उक्त सभा मर्जर प्रस्ताव अस्वीकृत भएसँगै रद्द भएको हो । कम्पनीको पुस ३० गतेको वार्षिक साधारण सभाले हिमालयन बैंकसँग मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेकाले विशेष साधारण सभा नगर्ने निर्णय कम्पनीले गरेको हो । यी दुई कम्पनीले एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता गरेका थिए ।  वार्षिक साधारण सभामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र कर्मचारी सञ्चय कोषले लिखित रुपमै विपक्षमा भोट हालेकाले मर्जर प्रस्ताव अस्वीकृत भएको हो ।

२ ओटा वाणिज्य बैंकसहित ६ ओटा कम्पनीको शेयरमूल्य समायोजन

पुस १९, काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई ओटा वाणिज्य बैंकसहित ६ ओटा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रोग्रेसिभ फाइनान्स, मिथिला लघुवित्त, मिर्मिरे लघुवित्त र कालिका पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । यी ६ ओटै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिमालयन बैंकको २१ दशमलव ३८ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. ३९८ दशमलव ७५ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. ४८४ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बैंकले गत वर्षको नाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र ४ दशमलव ६२५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यद्दपि,  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि गत वैशाख १ गतेदेखि नै यस बैंकको शेयर कारोबार भने रोक्का रहेको छ ।  नेप्सेले सेन्चुरी कमर्सियल बैंकको ५ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. २२६ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. २३९ मा अन्तिम कारोबार भएको थियो । सेन्चुरी कमर्सियल बैंक ले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा आयोजना गरेको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ७ प्रतिशत बोनस शेयरको समायोजनपछिको मूल्य रू. ३३१ दशमलव ६८ निर्धारण भएको छ । आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. ३५४ दशमलव ९० मा अन्तिम कारोबार भएको थियो । प्रोग्रेसिभ फाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्ने भएको छ । त्यस्तै, नेप्सेले मिथिला लघुवित्तको २५ प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. १ हजार ५६७ दशमलव २० निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ९५९ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मिथिला लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ, धुनषामा बिहान ११ बजे साधारण सभा गर्ने भएको छ । यसैगरी, मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन पश्चात मूल्य रू. १ हजार २९५ दशमलव ८३ निर्धारण गरेको छ । कम्पनीको अघिल्लो कारोबार दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५५५ को आधारमा शेयरमूल्य समायोजन भएको हो । मिर्मिरे लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११:३० बजे साधारण सभा गर्ने जानकारी दिएको छ । नेप्सेले, कालिका पावरको १५ प्रतिशत बोनस शेयरको समायोजनपश्चात मूल्य रू. ४५० दशमलव ४३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । आइतवार कम्पनीको शेयर प्रतिकित्ता रू. ५१८ मा अन्तिम कारोबार भएको थियो । कालिका पावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर-१० चितवनमा साधारण सभा बोलाएको हो ।

इन्भेष्टमेन्ट बैंकले माघ ४ गते डाक्यो विषेश साधारण सभा

काठमाडौं, १५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । बैंकको विषेश साधारण सभा माघ ४ गते दरवारमार्ग, काठमाडौं स्थित बैंकको केन्द्रिय कार्यालयमा विहान ११ बजे बोलाइएको हो । सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्न गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंकले […]

हिमालयन बैंकले आह्वान गर्‍यो २९औं वार्षिक साधारण सभा, मर्जर र लाभांशको प्रस्ताव

पुस ११, काठमाडौं । हिमालयन बैंक लिमिटेडले पुस ३० गते २९औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीले केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने जानकारी दिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, स्वाप रेशियो १:१ को अनुपातमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जर गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा मर्जर पश्चात हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक नामाकरण गरी एकीकृत कारोबार गर्ने कार्यलाई स्वीकृत प्रदान गर्ने, मर्जर कार्य गर्नका लागि नियमनकारी निकायबाट स्वीकृति लिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने रहेको छ ।   साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।