विराटनगर : सवारीसाधनसँगै मान्छेको लामो लस्कर। एउटा हातमा मिनरल वाटर र अर्कोमा कोकको बोतल। सँगै उभिएको साथीलाई ठेल्दै पेट्रोल भर्न बसेका विराटनगर–२ का राम शाह अटोरिक्सा चालक हुन्।पेट्रोल अभाव हुने त्रासका कारण यात्रु बोक्न छाडेर २ घण्टादेखि लाइनमा बसेको उनी बताउँछन्। ‘विराटनगरको कुनै पनि पेट्रोल पम्पमा तेल दिँदैन, तेल अभाव हुँदा काम नै रोकिन्छ,’ लाइन मिचिएला भन्ने त्राससँगै सुनाउँछन् उनी, ‘दुई घण्टादेखि पालो कुरेर लाइनमा बसेको पालो कहिले आउने हो?’विरा