अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष २०८०–०८१ को आयव्यय विवरण (बजेट) अन्योलका बीच संसद्ले पास गरेको छ । जेठ १५ मा संसद्मार्फत नै सार्वजनिक बजेटमाथि करिब एक महिना विवाद र छलफलपछि बुधबार औपचारिकता पाएको हो । बजेटमाथिको छलफलको चरणमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच नै मतभेद र विवाद सिर्जना भएको थियो । मंगलबारसम्म गठबन्धनमा रहेका […]