बजेट पास गर्न नसकेपछि मध्यरातमा लुम्बिनीको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकार अध्यादेशबाट बजेट ल्याउने तयारीमा लागेको छ । सदनबाट बजेट पास गर्न नसकेपछि अध्यादेशबाट लागेको छ ।  सरकारको सिफारिशमा प्रदेश प्रमुखले बिहिबार राती १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरेका छन् । बजेटमाथिको छलफल सकिएर पास गर्ने समयमा विपक्षी गठबन्धनले बजेट असफल बनाउने तयारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले बैठक बहिस्कार गरेको थियो । सदनमा बजेट पास गर्न बहुमत नपुगेपछि एमालेले थप छलफलका लागि समय माग्दै बैठक बहिस्कार गरेको थियो । तर उसले छलफलको कुनै प्रयास गरेन । ब​​जेटमाथि छलफल गरेर स...

सम्बन्धित सामग्री

कोशीको बजेट : पास हुन्छ कि फेल ?

८ असार, विराटनगर । सात मध्ये ६ वटा प्रदेशले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलाइरहेका बेला कोशी प्रदेशसभा परिसर सुनसान छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेबजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका कारण परिसर सुनसन भएको हो । अध्यादेशको बजेट ल्याएका कार्कीलाई बजेट भन्दा पहिला सरकार जोगाउने चिन्ता छ । बजेट अध्यादेशलाई प्रदेशसभामा पेश गर्नका लागि […]

विज्ञको एउटै स्वर : अप्ठ्यारो स्थिति आउनुमा सरकार बढी जिम्मेवार

काठमाडौं । संसद्ले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधवारबाट सरकारी खर्च गर्ने बाटो नै बन्द भएको छ । यो अवस्था निम्तिनुमा सरकार नै बढी जिम्मेवार देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई टुंगोमा पु¥याउन नखोजी दल विभाजन गर्नकै निम्ति एकाएक संसद् अधिवेशन अन्त्य गरिएको र सरकारले ल्याउने भनेको प्रतिस्थापन विधेयक पनि ढिला गरी संसद्मा पेश गरिँदा यो अवस्था निम्तिएको विज्ञहरूले बताएका छन् । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउनै परे पनि संसद्मा समयमै पेश गरी राजनीतिक सहमतिमार्पmत पास गर्न सरकारले ध्यान नदिँदा मुलुक अप्ठ्यारो स्थितिमा पुगेको बुधवार राजधानीमा भएको एक साक्षात्कारमा कार्यक्रममा विज्ञहरूले बताए । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यामा परेको बताउँछन् । यो सब राजनीतिक दाउपेचको कारण भएको र सहमति जुटाउन सरकार चुकेको उनको बुझाइ छ । ‘बजेट कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए तर सरकार चुकेको छ,’ उनको भनाइ छ । यो बेला प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ भनेर सरकारले जोखिम हेर्नुपथ्र्यो तर सरकारले यसैगरी बजेट पास भइहाल्छ भन्ने सोच्दा अप्ठ्यारो स्थिति आएको कोइरालाको बुझाइ छ । समाधानका सबै उपाय भए पनि अपनाउन नसकेको उनको बुझाइ छ । विनियोजन विधेयकले दिएको अत्यावश्यक खर्च पनि गर्न नसक्ने अवस्था आएकाले सबै मिलेर समस्या समाधान गर्नुपर्नेमा कोइरालाको जोड थियो । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आपत्कालीन स्थितिका रूपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए । ‘बजेट कार्यान्वयनमा नआउँदा असर परेको छ । नीति निर्माताहरूबाट बजेटको क्यालेन्डरसहित क्रान्तिकारी सुधार भएका थिए,’ उनले भने । उनका अनुसार प्रतिस्थापन विधेयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको छ । अब नेपाल राष्ट्र बैंकले तत्काल प्याकेज ल्याउनुपर्छ । अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको उनले स्मरण गराए । थापाका अनुसार राष्ट्र बैंकले सीडी रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने उनको सुझाव पनि छ । करविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरूले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनका अनुसार अहिलेको अवस्थाले देश तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रिबजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको भए पनि छलफल नै नहुने समस्या रहेको उनको भनाइ छ । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्ने र प्रतिपक्षले पनि सहयोग गर्नुपर्ने उनको बुझाइ छ । अहिले आर्थिक सूचकहरू ओरालो लागिसकेको र शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेको अधिकारीले बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्न सरकारले पहल लिनुपर्ने र दलहरूबीच सहमति हुनुपर्ने बताए । सरकारको नेतृत्व परिवर्तन हुँदैमा यस्तो अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ । ‘सरकारी पूँजी दरिलो हुनुपर्छ । मुलुकको खर्च चलायमान हुनुपर्छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बेमेलका कारण मुलुक अप्ठ्यारोमा छ, यसले देशलाई हित गर्दैन,’ साक्षात्कारमा बोल्दै उनले भने । मुलुक चलायमान बनाउन र र आर्थिक वृद्धिदर बढाउन पनि सरकारी खर्च समयमै हुन जरुरी छ ।

सरकारका कारण बजेट होलिडेको अवस्थामा पुग्‍यो : सुवास नेम्वाङ

३० भदौ, विराटनगर। नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सरकारकै कारण बजेट होलिडेको अवस्थामा पुगेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । यसअघि एमाले विभाजनका लागि हतार-हतार अधिवेशन अन्त्य गरेको बताउँदै उनले समयमा नै बजेट पास गर्न सरकारले ध्यान नदिएको बताए । पूर्वसभामुख समेत रहेका एमाले उपनेता नेम्वाले सभामुखको […]

लुम्बिनी प्रदेशमा सत्ता टिकाउने र ढाल्ने खेल

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पटकपटक सदनमै भन्ने गरेका छन्, ‘अल्पमतमा परेपछि एक मिनेट पनि कुर्सीमा बस्दिनँ, नैतिकताका आधारमा राजीनामा दिन्छु।’ अरूलाइ नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री पोखरेलले बजेट पास नहुने पक्का भएपछि असार ३१ गते सदन (प्रदेशसभा बैठक) छोडेर भागे। बजेट निर्णयार्थ प्रस्तुत गर्ने बेला बैठक छाडेर भागेका उनले सोही दिन मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरे। अधिवेशन अन्त्य भएको अर्को दिन प्रदेश सरकारले अध्यादेशबाट

अध्यादेशबाटै बजेट ल्याउँदै लुम्बिनी सरकार, 'यो एकदमै असहज अवस्था हो'

बुटवल : लुम्बिनी प्रदेश सरकारले विपक्षी गठबन्धनले बजेट पास गर्न अवरोध गर्ने संकेत गरेपछि बजेट अधिवेशन अन्त्य गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएको छ। बिहीबार मध्यरातमा सरकारको सिफारिशमा प्रदेश प्रमुखले चालू बजेट अधिवेशन अन्त्य गरेका थिए। सरकारले ल्याएको बजेट सहज ढंगले पास हुन नसक्ने भएपछि अध्यादेशबाट बजेट ल्याउनका लागि बजेट…

बजेट पास नभएपछि मध्यरातमा लुम्बिनीको अधिवेशन अन्त्य

काठमाडाैं।बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ। लुम्बिनी प्रदेश, मन्त्रिपरिषदको सिफारिसमा चालु आठौं अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षका सांसदले बैठक छाडेपछि बजेट पारित हुन सकेन।८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा पक्ष र विपक्षमा समान ४१/४१ सांसद रहेकाले बजेट पास हुन नसकेको हो।

लुम्बिनीको बजेट अनिर्णित, मुख्यमन्त्री नै वैठक छाडेर हिँडे

३१ असार, बुटवल । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ । आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री […]

कर्णाली प्रदेशसभाकाे चालु अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट पास गर्ने तयारी

सिमकोट – कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कर्णाली प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिक्देलले जानकारी दिए। बजेट अधिवेशन अन्त्य भएसँगै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अध्यादेशबाट पास गर्ने […]

बजेट पास नगरि कर्णालीको संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट ल्याउने तयारी

काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित नै नगरेर कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो । सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले दलीय व्यवस्था मिचेको र आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले बजेट ल्याएको एक...

बजेट पास नहुँदै कर्णाली प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको वर्खे (बजेट तथा नीति कार्यक्रम) अधिवेशनको अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले बुधबार राती अधिवेशन अन्त्य गरिएकाे सूचना निकालेकाे हाे