विवादकै बीच बजेट पास गर्ने सुप सरकारको तयारी

धनगढी : तीव्र विवादकै बीच सुदूरपश्चिम प्रदेश सरकारले बजेट पास गर्ने तयारी थालेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट भोलि (आइतबार) पास गर्ने तयारी थालेका हुन।तर प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेशमार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा फर्महरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै व्यापक विरोध हुदै आएको छ।विरोधकै बीच सरकारले बजेट पास