'राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प'

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संसद् विघटन भइसकेकाले अब ताजा जनादेशमा जानु उपयुक्त विकल्प भएको बताएका छन् । राप्रपा गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको २९९औँ पृथ्वी जयन्तीमा तथा राष्ट्रिय एकता दिवसमा भाग लिन आइपुगेका उनले पत्रकारसँग कुराकानी गर्दै संसद् विघटन भइसकेकाले राजनीतिक सङ्कट समाधानका लागि ताजा जनादेश नै अहिलेको सबैभन्दा उपयुक्त विकल्प भएको बताएका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत

नेवाः जागरण मञ्चले काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको हो । ‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ

केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याएका छन् । निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको […]

एमालेको अर्जुनदृष्टि ताजा जनादेश !

पाँच दलीय गठबन्धनको सरकारले मुलुकलाई निकास दिन नसक्ने जिकिर गरेको एमाले न्यायपालिका र व्यवस्थापिकामा देखिएको समस्यालाई जनता बीच उजागर गर्ने र जनमत बटुल्ने रणनीतिमा देखिन्छ ।

ताजा जनादेश रोक्नु हत्केलाले सूर्य छेकेजस्तो : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीनवटै तहको चुनावका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पालिकास्तरीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले ढिलो–चाँडो तीनवटै तहको चुनाव हुने बताए ।‘ताजा जनादेश रोक्ने भनेको हत्केलाले सूर्यलाई छेकेजस्तै हो । फेरि त जानुपर्छ । अब हामी चुनावतर्फ जाँदैछौं । तीनै तहका चुनावका लागि तयार रहनुपर्छ,’ ओलीले भने । उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै भएको बताए । ‘बाँकी पार्टीहरू त साना तिना स्वार्थमा अल्झिएका

संविधानको रक्षाका लागि ताजा जनादेश अपरिहार्य

काठमाडौं।लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको रक्षा ताजा जनादेशले मात्र गर्नसक्ने भन्दै नेताहरुलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। “जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन।राजनीतिक रुपमा त्यो आत्मघाती कदम नै हो।नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीविरुद्ध आफूलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो’,उनले लेखेका छन्।

जनादेश लिने कदम सदा उपयुक्त : मातृभूमिका लागि नेपाली

काठमाडौं : मातृभूमिका लागि नेपाली अभियानले संसद विघटनको स्वागत गरेको छ।प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त मानिने भन्दै ताजा जनादेश लिन गरेको निर्णयमा सैद्धान्तिक सहमति रहेको सो अभियानले जनाएको छ।‘संसदलाई गणितीय खेलको जुवा खाना जस्तो बनाएर अस्थिरता र अन्योलको  खेती गर्न खोज्नेहरूलाई जनादेश लिन जाने कार्य असहज र कठिन हुनसक्छ भन्ने हाम्रो ठम्याई छ। अभियानका केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख सुशील देवकोटाले जारी गरेको वक्तव्यमा भनिएको छ,  प्रजातान्त्रिक प्रक्रिया

ताजा जनादेश लिन वाध्यतात्मक परिस्थिति सिर्जना भयो : मुख्यमन्त्री राई

विकास र समृद्धिका लागि निर्वाचन–मुख्यमन्त्री राईप्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई बन्धक बनाउने र  अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे । उनले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह

ताजा जनादेश नै उपयुक्त निकास : मन्त्री महासेठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले मुलुकको वर्तमान राजनीतिक अन्योलको अन्त्य ताजा जनादेश नै हुने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नगर भेलालाई सम्बोधन गर्दै उनले अन्य उल्झनमा नपरी निर्वाचनको उपयुक्त वातावरण बनाउन सबै दल लाग्नुपर्ने बताइन् । प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनमा जाने विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको हुँदा अझै अन्यौल देखिएपनि अदालती निर्णय आउना साथ मुलुक निर्वाचनमा होमिने मन्त्री महासेठको भनाइ छ । नेकपाका स्थायी समिति सदस्य रघुबीर मह...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी