महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले मुलुकको वर्तमान राजनीतिक अन्योलको अन्त्य ताजा जनादेश नै हुने बताएकी छिन् । महोत्तरीको बर्दिबासमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नगर भेलालाई सम्बोधन गर्दै उनले अन्य उल्झनमा नपरी निर्वाचनको उपयुक्त वातावरण बनाउन सबै दल लाग्नुपर्ने बताइन् ।
प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनमा जाने विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन रहेको हुँदा अझै अन्यौल देखिएपनि अदालती निर्णय आउना साथ मुलुक निर्वाचनमा होमिने मन्त्री महासेठको भनाइ छ । नेकपाका स्थायी समिति सदस्य रघुबीर मह...