नेवाः जागरण मञ्चले काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको हो । ‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा व्यक्तित्व बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम रहेको यो अवसरमा यो कुरा सम्भव छ भन्ने कुरामा हामी विश्वास प्रकट गर्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘हाल महानगरपालिकाको यस नेतृत्वले जुन सडकपेटी हटाउ