विकास र समृद्धिका लागि निर्वाचन–मुख्यमन्त्री राईप्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले स्थायी शान्ति, विकास र समृद्धिका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।प्रेस संगठन प्रदेश–१ स्तरीय भेलाको आज उद्घाटन गर्दै उहाँले मुलुकलाई बन्धक बनाउने र अस्थिरतातर्फ धकेल्न क्रियाकलापलाई परास्त गर्न लोकतन्त्रान्त्रिक पद्धतिअनुसार जनतासमक्ष ताजा जनादेश लिनु जानुपरेको वाध्यतात्मक परिस्थिति सिर्जना भएको प्रष्ट पारे । उनले मुलुकको समग्र विकास एवं समृद्धि बनाउन निर्वाचनमा जुट्न आग्रह