काठमाडौं : मातृभूमिका लागि नेपाली अभियानले संसद विघटनको स्वागत गरेको छ।प्रजातन्त्रमा जनादेश लिने कदम सदा उपयुक्त मानिने भन्दै ताजा जनादेश लिन गरेको निर्णयमा सैद्धान्तिक सहमति रहेको सो अभियानले जनाएको छ।‘संसदलाई गणितीय खेलको जुवा खाना जस्तो बनाएर अस्थिरता र अन्योलको खेती गर्न खोज्नेहरूलाई जनादेश लिन जाने कार्य असहज र कठिन हुनसक्छ भन्ने हाम्रो ठम्याई छ। अभियानका केन्द्रीय प्रचार प्रसार विभाग प्रमुख सुशील देवकोटाले जारी गरेको वक्तव्यमा भनिएको छ, प्रजातान्त्रिक प्रक्रिया