काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता अर्जुननरसिंह केसीले बैठकमा फरक मत राखेका छन्। पार्टी कार्यालय सानेपामा बसेको बैठकमा नेता केसीले ५ बुँदे फरक मत राखेका हुन्। उनले गठबन्धन र तालमेलबारे केन्द्रीय समितिको बैठकमाथिको निर्णयलाई केन्द्रले हस्तक्षेप गरेको बताएका छन्। नेता केसीले राखेको फरक मतमा भनिएको छ, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’ लाई हेरी निर्णय गर्न