काठमाण्डाै - पालिकाको चुनावलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र दुई फरक मत देखिएको छ । प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच फरक मत देखिएको हो ।
गठबन्धन दलहरु पालिकाको चुनाव सार्ने गरी ऐन संसोधनको तयारीमा जुटेका बेला सरकारको नेतृत्वकर्ता प्रमुख दल कांग्रेसको कोइराला समूहले त्यसको विरोध गरेको छ । नेता कोइराला समूह स्थानीय चुनाव कुनै पनि बहानामा पर धकेल्न नहुने पक्षमा छ । पालिका तहको चुनाव वैशाखभन्दा पर सारेमा संविधान नै धरापमा पर्ने कोइराला समूहको निष्...