काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत राख्नुभएको छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता न्यौपानेले फरक मत राख्नुभएको छ । उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ । न्यौपानेले आफ्नो फरक मतमा भन्नुभएको छ, ‘२०६३ पछि हाम्रो नेतृत्...