कोरोना नियन्त्रणमा विज्ञहरुको सुझाव

कोरोना संक्रमितको उपचाका लागि निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।छलफलका क्रममा स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै गएको र गम्भिर बिरामीपनि बढेको भन्दै अक्सिजन र […]

सम्बन्धित सामग्री

खोप अभियान प्रभावकारी बनाउन सुझाव

काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गर्नुभएको हो । छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमण कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका छन् । चिकित्सकहरूले ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन् । सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ । केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबूत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए । सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने विज्ञहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए । ‘छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन,’ छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्राडा कोइरालाले भने, ‘स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेको जानकारी गराउनुभयो ।’ चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । रासस

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

काठमाडौँ । कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड […]

प्रदेश १ को बजेट अधिवेशन : साना दलको यस्तो छ सुझाव

प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन सुरु भएको छ । सोमबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा प्रदेशसभामा रहेका दलका तर्फबाट प्रदेशसभा सदस्यले सम्बोधन गरेका छन् ।यसै क्रममा साना दलका रुपमा रहेका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल र राप्रपाका प्रदेशसभा सदस्यले कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश सरकारको भूमिका प्रभावकारी हुन नसकेको गुनासो गरेका छन्m ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालकी प्रदेशसभा सदस्य विष्णु तुम्वाहाम्फेले विधि, कानुन र संविधान मिचेर संघीय सरकारले गरेजस्तै प्

कोरोना नियन्त्रणमा सरकार असफल : शेखर कोइराला

विराटनगर (अस) । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको टिप्पणी गरेका छन् । आइतवार विराटनगरस्थित आफ्नो निवासमा पत्रकारसँगको भेटमा कोइरालाले सत्तारूढ दलभित्रको आन्तरिक किचलोमा सरकार रुमलिँदा कोरोनाको संक्रमण भयावह रूपमा फैलिएको आरोप लगाए । ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले योजनाबद्ध रूपमा काम गर्न नसकेकै हो’, उनले भने, ‘सीमा नाकामा समयमै होल्डिङ सेन्टर निर्माण, अक्सिजनको जोहो, आइसोलेसन निर्माण लगायतमा सरकार गम्भीर देखिएन ।’ कोरोनाविरुद्धको लडाइँमा विगतमा भएका कमजोरीबाट पाठ सिकेर तत्काल खोप खरीद गर्न उनले सरकारलाई सुझाव दिए । विकास निर्माणको खर्च कटौती गरेर तत्काल खोप खरीद गर्नुपर्नेमा उनले जोड दिए । ‘सरकारको पहिलो कर्तव्य भनेकै जनता बचाउनु हो, जनता बचाउन अनुदानमा होइन, विकास खर्च कटौती गरेर भए पनि खोप गरीद गर्नुपर्छ,’ उनले भने । उत्पादक राष्ट्रसँग सीधै सम्पर्क गरेर खोप किनेर जनतालाई लगाउनुको विकल्प नभएको उनले बताए । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकार मिलेर युद्धस्तरमा अस्थायी अस्पताल बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

कोरोना संक्रमित अझै बढ्न सक्ने चेतावनी

कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ । वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे। भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुन...

प्रधानमन्त्रीलाई कमल थापाको सुझावः कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

काठमाडौँ । राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।

कोरोना नियन्त्रणमा उच्चस्तरीय समिति बनाउन संसदीय समितिको सुझाव

९ वैशाख, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिले कोरोना महामारी नियन्त्रणका लागि ‘सर्वपक्षीय उच्चस्तरीय समिति’ निर्माण गरेर अघि बढ्न सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमणको दोस्रो लहरबाट विषम परिस्थिति उत्पन्न हुन लागेकाले केन्द्रीकृत र …

सर्वदलीय बैठक सकियो, राजनीतिक गतिरोधलाई निकास दिन काँग्रेसको सुझाव

नेपाली काँग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए । यस्तै, कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक