काठमाडौं: राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ नियन्त्रणमा केन्द्रीत हुन सुझाएका छन्।
उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
थापाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्।
'कोरोना अनियन्त्रित र विकराल बन्दैछ,' उनले…