कोरोना सङ्क्रमण बढेपछि सरकारले काठमाडौंँ उपत्यका लगायत अन्य जिल्लामा निषेधाज्ञा जारी गरेको बुधबार १४ दिन पूरा भएको छ । निषेधाज्ञा जारी भएको दुई साता पूरा भइसक्दा पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । स्वास्थ्य मापदण्ड अझ कडाइ नगरे स्थिति नियन्त्रणमा लिन कठिन हुने विज्ञहरूको सुझाव छ ।
वरिष्ठ भाइरोलोजिस्ट तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले स्वास्थ्य मापदण्ड कडा गरेर कम्तीमा ७० प्रतिशत नागरिकलाई तत्काल खोप दिने कार्यक्रम ल्याउन आग्रह गरे। भौतिक दूरी कायम, मास्क र सेनिटाइजर, हात धुन...