कुमारी बैंक र सल्यानको कपुरकोट नगरपालिका वडा नम्बर ३ स्थित होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । सम्झौताअनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।