बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई अल्पमत रहँदा रहँदै मुख्यमन्त्रीमा नियुक्ति र शपथ दिलाएको भन्दै नेपाली काँग्रेस र माओवादी केन्द्रले आक्रोश पोखेको छ । सो पार्टीका सम्बद्ध प्रदेशसभाका प्रमुख सचेतकहरुले प्रदेश प्रमुखको भूमिकामाथि नै प्रश्न उठाउँदै पोखरेलको शपथ संविधान विपरित रहेको बताएका छन् भने यसविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन् । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फखरुदीन खानले प्रदेश प्रमुखबाट संविधानको गम्भीर उल्लंघन भएको आरोप लगाए।