काठमाडौँ। सनराइज बैंक लिमिटेडले कैलालीको गौरीगंगा नगरपालिका–३ स्थित कुचैनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ।
शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरिएको बैंकले जनाएको छ।