काठमाडौं । सनराइज बैंक लिमिटेडले बर्दियाको गेरुवा गाउँपालिका-३ स्थित शान्तिबजार र गोरखाको पालुङटार नगरपालिका-७ स्थित विरुवाटारमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । शान्तिबजारमा ८८ औं र विरुवाटारमा ८९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पूरन धामी र विरुवाटारकी हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको […]