एजेन्सी। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले ‘गिभ इन्डिया’ नामक संस्थासँग मिलेर हालैमा चलाएको ‘फन्ड रेजर’को माध्यमबाट भारतका कोरोना पीडितहरुका लागि २२ करोड भारु जुटाएका थिए। हाल प्रियंका र निकले ट्वीटरमा एक भिडियो शेयर गरेका छन्। जसमा उनीहरुले भारतमा महामारीको समयमा भोक तथा कुपोषणसँग जुधिरहेकाहरुलाई मदत गर्न अपिल गरेका छन्।