प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुहिएको बास्मती चामल बिक्रीबारे चासो प्रकट गरेको छ ।
समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको बास्मती चामल बिक्री गरेको विवरण सात दिनभित्र पेस गर्न भन्दै पत्र काटेको छ ।
कम्पनीले विवरण पेस गरेपछि समितिमा छलफलका लागि अघि बढाइने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तले जानकारी दिए । उनले समितिको छलफलपछि आवश्यक परेमा छानबिन समिति गठन गरी अध्ययनसमेत गर्न सकिने बताए ।
कम्पनीको प्रधान कार्यालयका विभागीय प्रमुखहर...