कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुले जिल्लामा पौष्टिक तत्व भएको चामल (फोर्टिफाइड राइस) बिक्री गरेको छ । कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा २० हजार १४५ क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले पौष्टिक चामल वैशाख महिनादेखि बिक्री गर्न थालेको हो । कम्पनीको मुगुका कार्यालय प्रमुख राजबहादुर राईले आठ वटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको बताउनुभयो । कर्णाली प्रदेशको कार्यालयबाट मुगुका लागि पौष्टिक चामल एक हजार १४५ क्विन्टल, विस्तृत कोटामध्येमा मुगुमा हालसम्म पौष्टिक मोटा १७०
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० […]