जसरी मानिसको स्वस्थ्यलाई मौसमअनुसार स्याहारको आवश्यकता पर्छ, त्यसैगरी सवारीको स्वास्थ्यमा पनि समयअनुसारको हेरचाह जरुरी पर्छ । मौसमअनुसारको ‘केयर’ गरिएन भने सवारीले आवश्यकता अनुसार ‘पर्फर्मेन्स’ नदिने तथा खराबी आउने सम्भावना ज्यादै हुन्छ । नेपालमा सवारी प्रयोगकर्ताहरूमा जाडो मौसममा गाडीको हेरचाह गर्नुपर्छ भन्ने उचित जानकारी नै नभएको पाइन्छ । जसरी मानिसको शरीरमा जाडो र गर्मीमा बेग्लाबेग्लै पहिरन र सुरक्षा चाहिन्छ, सवारीलाई पनि त्यस्तै सुरक्षा र हेरचाह चाहिने हुन्छ ।
जाडो बाहेकका अन्य मौसममा सवारीको सुरक्षा तथा हेरचाह नचाहिने भन्ने होइन ।