पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सासू–ससुराको आफ्नै बाबुआमालाई जस्तै राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरेको छ । परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको हो । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले …