काठमाडौं : अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। ट्रफीलाई आज सगरमाथाको आधारशिविर लगिँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले हिजो पत्रकार सम्मेलन गरी विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो। ट्रफी बिहान साढे ७ बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ। क्यानका जनरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी आजदेखि गरिने जानकारी दिए। उनले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा बिहान स